चितवन विशेष
तीज पर्वको अवसरमा वल्र्डलिंक चितवनले शनिबार रक्तदान कार्यक्रम गर्ने

चितवन, भदौँ २८–
नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिङ्क कम्युनिकेसन्स चितवन शाखाले खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
यही भदौ ३० गते शनिबार भरतपुर–१०, स्थित चौविसकोठी एयरपोर्ट प्लाजा अगाडि विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम गर्न लागिएको वल्र्डलिंक चितवन युनिट इन्चार्ज पुष्प सागर बराकोटीले जानकारी दिए । उनका अनुसार तयारी अन्तिम चरणमा रहेको छ । कार्यक्रमको सहयोगी संस्थामा नेपाल रेडक्रस सोसाइटी चितवन शाखा रहेको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउन सबैसामु आह्वान गरिएको वल्र्डलिंक चितवन शाखा प्रमुख नारायण कुमार घर्तीले जानकारी दिए ।
‘जतिसक्दो धेरै पिन्ट ब्लड संकलन गर्ने तयारीमा छौं, हामीसंगै धेरै कर्मचारी हुनुहुन्छ भने अन्य बाहिरी रक्तदाताहरुको पनि उल्लेखीय सहभागिता रहने विश्वास गरेका छौं’–शाखा प्रमुख घर्तीले भने । चितवनका धेरैजसो क्षेत्रमा वल्र्डलिंक इन्टरनेटको पहुँच पुगेको छ । २८ वर्षअघि स्थापना भएको वल्डलिङ्कको हालै ग्राहक सङ्ख्या पनि ८ लाख नाघेको छ । कम्पनीले आफ्नो इन्टरनेट सेवा सातै प्रदेशका ७३ जिल्लामा विस्तार गरिसकेको छ । अब बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा पनि चाँडै इन्टरनेट सेवा पुर्याउने योजना ल्याएको छ ।
हाल कम्पनीले २००, २५०, ३०० एमबीपीएस लगायतका अन्य गतिका इन्टरनेट सेवा दिइरहेको छ ।
























