चितवन विशेष

तीज पर्वको अवसरमा वल्र्डलिंक चितवनले शनिबार रक्तदान कार्यक्रम गर्ने

०
Banner

चितवन, भदौँ २८–

नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिङ्क कम्युनिकेसन्स चितवन शाखाले खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

यही भदौ ३० गते शनिबार भरतपुर–१०, स्थित चौविसकोठी एयरपोर्ट प्लाजा अगाडि विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम गर्न लागिएको वल्र्डलिंक चितवन युनिट इन्चार्ज पुष्प सागर बराकोटीले जानकारी दिए । उनका अनुसार तयारी अन्तिम चरणमा रहेको छ । कार्यक्रमको सहयोगी संस्थामा नेपाल रेडक्रस सोसाइटी चितवन शाखा रहेको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउन सबैसामु आह्वान गरिएको वल्र्डलिंक चितवन शाखा प्रमुख नारायण कुमार घर्तीले जानकारी दिए ।

‘जतिसक्दो धेरै पिन्ट ब्लड संकलन गर्ने तयारीमा छौं, हामीसंगै धेरै कर्मचारी हुनुहुन्छ भने अन्य बाहिरी रक्तदाताहरुको पनि उल्लेखीय सहभागिता रहने विश्वास गरेका छौं’–शाखा प्रमुख घर्तीले भने । चितवनका धेरैजसो क्षेत्रमा वल्र्डलिंक इन्टरनेटको पहुँच पुगेको छ । २८ वर्षअघि स्थापना भएको वल्डलिङ्कको हालै ग्राहक सङ्ख्या पनि ८ लाख नाघेको छ । कम्पनीले आफ्नो इन्टरनेट सेवा सातै प्रदेशका ७३ जिल्लामा विस्तार गरिसकेको छ । अब बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा पनि चाँडै इन्टरनेट सेवा पुर्‍याउने योजना ल्याएको छ ।

हाल कम्पनीले २००, २५०, ३०० एमबीपीएस लगायतका अन्य गतिका इन्टरनेट सेवा दिइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>