मनोरञ्जन

भ्वाइस अफ नेपालबाट बाहिरिए प्रविशा र राजु

Banner

काठमाडौँ,भदौ २८-

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ। आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ।

नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा रहेका प्रविशा अधिकारी र राजु लामा नयाँ सिजनमा कोचका रुपमा रहने छैनन्। उनीहरुका ठाउँमा उदय सोताङ र मिलन नेवार भित्रिएका छन्। उदय र मिलनलाई कोचका रुपमा अनुबन्धित गरिएको छ।

अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनबाट कोचका रुपमा जोडिएका राजेशपायल राई पनि नयाँ संस्करणमा दोहोरिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>