Breaking News

नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म आधा झण्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने

Banner

काठमाडौं, भदौ २६-

उपाध्यक्ष सुवास नेम्वाङको निधनमा नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। आजको बैठकले औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत गरेको छ।  एमालेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दुस्ख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको बताए। ज्ञवालीका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ।

‘पार्टीका सबै औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित भएको छ,’ उनले भने, ‘असोज २ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको छ।’ नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>