Breaking News

प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

Banner

काठमाडौं, भदौ २६-

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

नेम्बाङलाई सोमबार राति बालुवाटारस्थित निवासमा समस्या भएपछि राति नै शिक्षण अस्पताल लगिएको थियो। उनको राति १ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेता नेम्बाङको निधनमा दुख व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>