Breaking News

सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

Banner

काठमाडौं, भदौ २२-

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सफरलाई पक्राउ गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सफरलाई पक्राउ गरिएको जानकारी दिए।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए। पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए।

योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>