Breaking News

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

Banner

पाल्पा, भदौ २०-

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।

गएराति सम्पन्न मतपरिणाम अनुसार उनले ४७९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाएका छन्। दुई मत अन्तरले कँडेल निर्वाचित भएका अध्यक्ष मण्डलका सचिव सूर्य थापाले बताए।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भए। उनले ४५५ मत पाए। उनका प्रतिद्वन्द्वी रूपन्देहीकै विश्वराज बराल ३०६, पुजन विश्वकर्मा ९८ र शान्तकुमार वलीले ५६ मत पाएका छन्।

उपसचिवमा पूर्ण बुढामगर र उपसचिवमा लीला राना मगर विजयी भएका थापाले बताए। सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत निर्वाचित भइसकेका छन्। नवनिर्वाचित पदाधिकारीलाई आजै बिहान सपथग्रहण गराउने कार्यक्रम रहेको थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>