अन्तर्राष्ट्रिय

क्रिकेट विश्वकपका लागि भारतीय टिमको घोषणा

Banner

काठमाण्डौ,भदौ १९-

आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ ।

रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव छन् ।

१३ औँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>