चितवन विशेष

घरबहाल मञ्च चितवनको अध्यक्षमा जनकलाल कट्टेल निर्वाचित

Banner

भरतपुर,भदौ १८-

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जनकलाल कट्टेल निर्वाचित हुनुभएको छ । मञ्चको सोमबार भरतपुरमा सम्पन्न १२औँ साधारणसभा तथा सातौँ अधिवेशनले कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दीपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धिसागर सापकोटा, कोषाध्यक्षमा नेत्रप्रसाद शर्मा, सहकोषाध्यक्षमा विमला अधिकारी, सदस्यहरुमा सन्तोष देवकोटा, रुपा सुनार, यज्ञबहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरिप्रसाद भट्ट निर्वाचित हुनु भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरि सपथ ग्रहण गराउनु भएको थियो ।

अधिवेशनमा भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले घर भाडामा दिने र लिनेहरुको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । करको दर भन्दा पनि दायरा वढाउनुपर्नेमा भरतपुर महानगरपालिकाले जोड दिएको उहाँको भनाइ थियो । पछिल्लो समय कोरोना लगायतका कारणले आर्थिक मन्दिको अवस्था देखिएको भन्दै व्यवसायीलाई टिकाउन तथा व्यवसायिक वातावरण निर्माण गर्न महानगर तयार रहेको उहाँको भनाइ छ ।

उहाँले घरबहाल कर भरतपुर महानगरपालिकाको राजस्व संकलनको मुख्य स्रोत भएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट घरधनीको रुपमा नारायण सापकोटा र घरबहालमा बस्ने उत्कृष्ट व्यवसायीको रुपमा मनास्लु होटल पुल्चोकका सञ्चालक रामचन्द्र थापालाई सम्मान गरिएको थियो । अधिवेशन अघि साधारणसभाका क्रममा मञ्चका महासचिव जनकलाल कट्टेलले वार्षिक प्रगति प्रतिवेदन तथा विवाद समाधान उपसमितिका सदस्य सुरेन्द्र केसीले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभा मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>