Breaking News

नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Banner

चितवन, भदौ १७-

चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा राति करिब ९ः५१ बजे ज्यान गएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>