मनोरञ्जन

फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर (भिडिओ)

Banner

काठमाडौँ, भदौ १५-

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश समुदायको कथावस्तुलाई समेटिएको फिल्मको ट्रेलर आज (शुक्रबार) सार्वजनिक गरिएको हो।

सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>