Breaking News

क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्का र चितवनका उमेश पिया भिड्दै,को-को छन् उम्मेदवार ?

Banner

चितवन,भदौ १५-

नेपाल क्रिकेट संघ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सर्वसम्मत नहुने भएका छन् । अध्यक्षमा उनीसँगै चितवनका उमेश पियाको उम्मेदवारी परेको छ । आज सुरु भएको अधिवेशनमा प्रदेश अध्यक्ष लागि खड्का र पियाले उम्मेदवारी दिएका हुन् । यसैगरी, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पनि दुई-दुई जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री र भक्तपुरका रुपक रञ्जितले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरि, सचिवमा ललितपुरका प्रशन्न शाक्य र नुवाकोटका प्रज्ववल सापकोटाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भक्तपुरका सञ्जय बस्नेत र चितवनका विजय बोहेरा भिड्ने भएका छन् । ९ जना सदस्यहरुका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । आजै मतदान हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>