मनोरञ्जन
‘हेर्ति हेर्ति मोहनी लगैना’ थारु गीत सार्वजनिक

चितवन, भदौ १४-
झुम्की प्रोडक्सनसको प्रस्तुती तथा अरूण आर्यन चौधरीले निर्माण गरेको सुमधुर एवम् रोमान्टिक गीत ‘हेर्ति हेर्ति मोहनी लगैना’मा स्वर, शब्द तथा संगीत चर्चित थारू गायक आर के थारूको रहेको छ । उनलाई अनुमा र सोनु कुश्मीले साथ दिएका छन् । गीतको संगीत संयोजन गणेश चौधरीले गरेका छन्। गीतमा लोकप्रिय जोडी नरेश चौधरी तथा मधु चौधरी ले अभिनय गरेका छन् ।
सुरज देब कुसुमयाको अर्को उत्कृष्ट निर्देशनमा बनेको रोमान्टिक गीतमा रमेश चौधरीले चितवनको माडीको रमणिय दृश्य क्यामरामा कैद गरेका छन् । स्कृप्ट तथा कोरियोग्राफी सुरज देब कुसुमया कै छ। ‘मन लागेना’ गीतबाट चर्चामा आएका गायक आर के थारूले थुप्रै थारु गीत गाएका छन् । पछिल्लो गीत ‘का ऐहेहो माया’ पनि धेरै नै रुचाईएको गीत हो।
थारु गीत संगीत साथै थारू कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लैजाने उदेश्यका साथ झुम्की प्रोडक्सनसले निर्माणको शुरूवात गरेका छन्। यसअघि गत वर्ष माघीको गीत अष्ट्रेलियाको सिड्नीबाट सार्वजनिक गरिसकेको बारेमा होटल व्यवसायी संघ चितवनका सचिव समेत रहेको होटल ह्याप्पी होमका सञ्चालक कृष्ण महतोले जानकारी गराए । थारु गीत संगितलाई सँधै माया एवम् साथ सहयोग गर्ने महतोले जानकारी दिए ।






















