Breaking News

२० ओभर सकिँदा पाकिस्तानविरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन

Banner

काठमाडौं, भदौ १३-

पाकिस्तानविरूद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। एसिया कपको उद्घाटन खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको नेपालले खेलको २२ औं ओभर सकिँदा २ विकेट लिएको छ । पाकिस्तानले १०२ रनमात्रै बनाएको छ।

खेलको छैठौं ओभर सकिँदा नेपालले दुई विकेट लिइसकेको थियो। नेपालका लागि करण केसी र रोहित पौडेलले एकएक विकेट लिएका छन्।

खेलको ५.३ ओभरमा करण केसीको बलिङमा पाकिस्तानका ओपनर फखर जमान आसिफ शेखले क्याच आउट गरेका थिए। उनले १४ रन मात्रै बनाए। यस्तै अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले ६.१ ओभरमा पाँच रनमा रनआउट गरेका छन्। रोहितले डाइरेक्स हिटमार्फत् इमामलाई पेभिलियनको बाटो देखाए।

आइसिसी विश्व वरीयताको तेस्रो नम्बरमा रहेका इमाम र पाँचौ नम्बरमा रहेका फखर जमानलाई आउट गरेपछि नेपालले राम्रो सुरुवात गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>