नवलपुर

नगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा गैँडाकोट इङ्गलिस स्कुल ‘क’ श्रेणीमा

Banner

चितवन,भदौ १२-

गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ । गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्लिस स्कुल ‘क’ श्रेणीमा पर्न सफल भएको हो ।

युवा तथा खेलकुद शाखाले गठन गरेकोे विज्ञ टोलीले २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा उत्कृष्ट घोषणा गरिएको स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

नगरपालिकाले ९० अंकभन्दा बढी ल्याउनेलाई ‘क’, ७० देखि ९० सम्मल्याउनेलाइ ‘ख’, ४० देखि ७० सम्म ल्याउनेलाई ‘ग’ र ४० भन्दा कम ल्याउनेलाई ‘घ’ श्रेणीमा वर्गीकरण गर्ने उल्लेख गरेको थियो । टोलीले पछिल्लो तीन वर्षको नतिजा, भौतिक संरचना, सेवासुविधा, विद्यार्थी एवम् अभिभावकको सन्तुष्टी, शिक्षकको योग्यता, सूचना प्रविधि समुदायको सहभागितालगायतका ९० भन्दा बढी विषयवस्तुलाई आधार मानेको थियो ।

यस्तै विसं २०६२ सालमा स्थापना भएको यस स्कुल हालसम्म आइपुग्दा स्कुलले फरक पहिचान बनाउन सफल भएको छ । जसमा विसं.२०७२ सालमा गैँडाकोट नगरपालिकाद्वारा पहिलो बालमैत्री तथा वातावरणमैत्री विद्यालय घोषित हुन सफल भएको थियो भने विसं. २०७२ सालमा गैँडाकोट नगरपालिका तेस्रो नगरसभाद्वारा सम्मानित भएको स्कुलको विज्ञप्तिमा उल्लेख्ख गरिएको छ ।

यस्तै विसं। २०७४ सालमा व्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कल (आईयसए) प्राप्त, २०७५ सालमा व्रिटिस काउन्सिलद्वारा कनेक्टिङ क्लासरुमअन्तर्गत गैँडाकोट इङ्लिस स्कुल र बेलायत आयरल्यण्डमा अवस्थित बोटानिक प्राइमरी स्कुल बीचमा टिचर एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको थियो । विसं। २०७७ मा व्रिटिस काउन्सिलबाट अन्तर्राट्रिय स्कुल अवार्ड (आईयसए) पुनःप्राप्त गर्न सफल भएको थियो । प्रत्येक वर्ष जिल्लास्तरीय स्क्रयाबल (अक्षरहरु मिलाएर खेल्ने खेल) प्रतियोगिता सञ्चालन गर्दै आइरहेको यस स्कुललाई विसं. २०७५ देखि र २०७९ स्क्रयाबल राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको थियो । यस्तै सन् २०२२ को अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा (बङ्गलादेश)यस स्कुलका अर्नभ पाण्डेले प्रथम स्थान हासिल गरेको विज्ञप्तिमा जनाइएको छ ।

नगरपालिकाले विद्यालयको स्तर निर्धारण गर्नको लागि लगानी, प्रक्रिया, उपलब्धि र सेवालाई मुख्य आधार बनाएको थियो । विज्ञहरुको टोलीले स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरवार्ता गरेर कार्यसम्मापदन परीक्षण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>