क्रिकेट

नेपालका पाँच खेलाडी अष्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्टमा

Banner

काठमाडौँ, भदौँ ११–

सन्दीप लामिछाने मात्रै खेल्दै आएको अष्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटमा नेपालका अन्य खेलाडीले पनि मौका पाउने संभावना बढेको छ । अष्ट्रेलियन क्रिकेट बोर्डले सार्वजनिक गरेको ड्राफ्टमा यसपटक नेपालका पाँच खेलाडी समावेश गरिएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।

लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् । १३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा छन् । यी खेलाडीले ८ टिममा रहि खेल्नेछन् । बिग ब्यासको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>