Breaking News

एसिया कपका लागि सन्दीप भोलि बिहान ११ः२० मा पाकिस्तान उड्ने

Banner

काठमाडौं,भदौ १०-

एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि (सोमबार) बिहान पाकिस्तान जाने निश्चित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले सन्दीप भोलि बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको बताए । “भोलि बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट सन्दीप पाकिस्तानका लागि उड्नेछन्,” पाठकले भने ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ । एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>