भिडियो
नायिका प्रियंका कार्कीको अभिनय रहेको तीज गीत ‘हाई भन्यो मायाले’ सार्वजनिक

चितवन, भदौं १०-
हिन्दू नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ ।
तीजको गीत भन्ने बित्तिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ‘हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अवस्थालाई चित्रण गरेको छ ।
गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ । परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पीडालाई गीतमा देखाइएको छ । माइतीको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाए पनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
बाबुल गिरीले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ । गीतको मिक्सिङ मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका छन् । पशुपति बस्यालको छायांकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रियङका कार्की , शिवहरी पौडेल , खेम शर्मा र रुवी पौडेलको अभिनय रहेको छ ।