चितवन विशेष

चितवनको बाह्रघरे बस्दै आएका २० वर्षीय रचन हत्या आरोपमा दुईजना पक्राउ

Banner

चितवन,भदौ ९-

नवलपुरको देवचुली नगरपालिका ३ घर भई चितवको भरतपुर नगरपालिका ३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए। उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका ४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका १ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्। गौतमलाई धादिङको गजुरी गाउँपालिका २ मझुवा डाँडाबाट र शाहलाई इलाका प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका दुबै जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए। दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए। साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>