Breaking News

सामाजिक सञ्जालको दुरुपयोग गरेर क्रान्तिलाई बदनाम गर्न खोजियोः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौँ,भदौ ८-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन् सक्रिय हुन थालेको बताएका छन्।

पर्साको वीरगञ्जमा शुक्रबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन् सक्रिय हुन थालेको बताएका हुन् । उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर क्रान्तिलाई बदनाम गर्न खोजिएको पनि गुनासो गरे।

‘पछिल्लो समय सामाजिक सञ्जालबाट मानिसहरुले क्रान्तिलाई बिद्रुप गर्न लागेका छन्। क्रान्तिलाई बदनाम गर्न लागेका छन्’, उनले भने, ‘प्रतिक्रान्तिकारी शक्तिहरु पहिलेभन्दा १० गुणा शक्तिसहित लागेका छन्। प्रतिक्रान्ति रोक्न पुरानै शैली र मान्यताबाट नसकिने अवस्था आइसक्यो।’

उनले सँगै रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालतिर लक्षित गर्दै तत्कालीन अवस्थामा एमालेमा भए पनि उनी जनयुद्ध र जनआन्दोलनका नेता भएको टिप्पणी गरे। जनयुद्ध र जनआन्दोलनलाई मिलाएर जनक्रान्ति गर्ने गरी माधव नेपालसहित आफूहरु अघि बढेको पनि उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>