Breaking News

भीम उपाध्यायले माफी मागेपछि पूर्णमाया भन्छिन्: मेरो बेइज्जत भयो, साइबर क्राइम मुद्दामा गइसकेँ

Banner

काठमाडौँ,भदौ ८-

चितवनकी एक महिलाको फोटो दुरुपयोग प्रसंगमा पूर्व सचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेका छन्। चितवनको भरतपुर महानगरपालिका-१६ की पूर्णमाया गुरुङले बिहीबर साइबर क्राइममा उजुरी दिएपछि पूर्व सचिव उपाध्यायले फोन गरेर शुक्रबार माफी मागेका हुन् ।

पूर्णमाया गुरुङले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गराइसकेकी छन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा पनि माफी माग्दै पूर्णमायाबारेको पुरानो पोस्ट हटाइसकेको बताएका छन्।

उनले भनेका छन्, ‘चितवनकी भरतपुर–१६ की पूर्णमाया गुरूङ बहिनीलाई फोन गरेर मेरो पोस्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु । ‘यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोस्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले ४-५ दिनदेखि काम नगर्दा उनले पठाएको म्यासेज पढ्न नपाउँदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ। नभए यो समस्या उतिबेलै सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’

त्यो असमझदारी पूर्णमाया गुरूङ र आफूबीच भएको बताउँदै उनले तेस्रो पक्ष बीचमा नआउन पनि भनेका छन्। हिन्दुहरुले देउता मान्ने गरेको गोरु धरानमा काटिँदा पूर्णमाया र आफू दुवै अपमानित भएको उनले बताए।

उपाध्यायले पूर्णमायासँग कुरा मिलिसकेको बताएका छन्। तर पूर्णमायाले कानूनी प्रक्रियामा गइसकेकाले गाली बेइज्जतीको उपचार कानुनबाटै खोज्ने गरी अघि बढिसहेको जवाफ दिएकी छन्।

उपाध्यायले पूर्णमायाको दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>