भिडियो

अभिनेता सारूक ताम्राकारको अन्तिम गीत ‘माया’ सार्वजनिक

Banner

काठमाडौं, भदौ ७-

अभिनेता सारूक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’ म्युजिक भिडिओको रूपमा सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘माया’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडिओमा सारूक र अभिनेत्री निकिता आचार्यको दृश्यलाई समावेश गरिएको छ। यसमा फिल्मकी अर्की अभिनेत्री नम्रता श्रेष्ठको कुनै दृश्य समावेश गरिएको छैन।

एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। गीतमा सर्मिला थापाको लगानी रहेको छ। उज्जवल जोशीले छायांकन गरेको गीतको भिडिओलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।

निधनअघि सारूक फिल्म’ह्यासट्याग माया’ मा काम गरिरहेका थिए। फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका थिए। असार २१ गते राति सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका थिए।

सारूक कलाकार सानु ताम्राकारका छोरा हुन्। उनले’इन्टु मिन्ट’ लण्डनमा, मेरी मामु, रानीु लगायतका फिल्ममा अभिनय गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>