Breaking News

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

Banner

काठमाडौं, साउन ७-

संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन् । संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

बैठकमा सहभागी नेकपा एमालेका सचेतक महेश बर्तौलाले सबै समितिले नेतृत्व पाउने सुनिश्चित भएको भन्दै अब निर्वाचनको सूचना प्रकाशित हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>