Breaking News

सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउने सहमति, आजदेखि संसद चल्ने

Banner

काठमाडौं, भदौ ४-

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउन सहमत भएका छन्।

सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा सहमति जुटाएको हो। प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरि सहमति जुटेको बताए। यसको सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ।

मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।

समितिले तयार पारेको मस्यौदामा आज दिउँसो २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ। सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले गत साउन १० देखि संसद अवरुद्ध पार्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>