Breaking News
कोशीमा मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा, बैधानिकतामा फेरी प्रश्न उठ्यो
०

काठमाण्डौँ, भदौ ४-
सभामुखले समेत मत दिएर कोशी प्रदेशका उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ।
सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ।
पक्ष विपक्षमा बराबरी मत खसेको अवस्थामा मात्रै सभाअध्यक्षले निर्णायक मत दिन पाउने संवैधानिक र कानुनी व्यवस्थाको उल्लंघन गर्दै मन्सुरीको मत गणना गरेर विश्वासको मत पाएको घोषणा गरिएको हो।
यसअघि सभामुखले हस्ताक्षर गरेर बहुमत देखाएको सत्ता पक्षले यसपटक सभामुखले गैरकानुनी रुपमा बलजफ्ती मत दिएर विश्वासको पाएको घोषणा गरिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























