Breaking News
जग्गा प्रकरणमा निर्णयकर्ताको बयान विना फाइल बुझाउने तयारी गरेपछि रविले भनेः गृहमन्त्रीज्यु! ठूलै गडबड छ
०

काठमाडौं,भदौ ३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् । सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ ।’
उनले सो प्रकरणमा ठूलै गडबड भएको गृहमन्त्रीप्रति आशंका गरेका छन् ।
हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























