मनोरञ्जन

मेरो भ्वाइस र डान्स युनिभर्समा सिक्किमका प्रितम र थाइल्याण्डकी खुसीले जिते एक/एक करोड पुरस्कार

Banner

काठमाडौं, भदौ ३-

पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र’मेरो डान्स युनिभर्स’ को ग्राण्ड फिनाले भएको छ। सिक्किम भारतका प्रितम राईले मेरो भ्वाइस युनिभर्सको उपाधि जितेका छन् भने मेरो डान्स युनिभर्सको उपाधि भने थाइल्याण्डकी खुसी कार्कीले जितिन्।

उपाधि जितेका राई र कार्कीले एक, एक करोड रुपैयाँ पुरस्कारसमेत जितेका छन्। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ललितपुरको गोदाबरीमा भ्वाइस र डान्स युनिभर्सको ग्याण्ड फिनाले शनिबार बेलुकी भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलगायत पनि ग्राण्ड फिनालेमा सहभागी थिए। प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेलगायतले उपाधि जितेका राई र कार्कीलाई एक, एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>