चितवन विशेष

माडीको बरुवामा बोक्सीविरुद्धको अग्नीदहन प्रदर्शन

Banner

चितवन, भदौँ २–

माडीमा बोक्सीविरुद्धको वृत्तचित्र अग्नीदहन प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बुद्ध टोलविकास संस्था बरुवाको सहकार्यमा वृत्तचित्र देखाइएको हो । सोमेश्वर माविको सभाहलमा विद्यार्थी, स्थानीयलाई वृत्तचित्र देखाइएको थियो ।

बोक्सा बोक्सीको आरोप लगाउने, क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, यातना दिने जस्ता कुप्रथा रोकथामका लागि सचेतना फैलाउन कार्यक्रम गरिएको हो । बुद्ध टोलविकासका अध्यक्ष ऋषिराम काफ्लेले भ्रम हटाउदै बोक्सी हुदैनन् भन्ने चेतना गाउँटोलमा फैलाउन आवश्यक रहेको बताए । वृत्तचित्रको कथा, पटकथा, संवाद लोकमणी पौडेलले लेखेका हुन् । घनश्याम लामिछानेको निर्देशन रहेको वृत्तचित्रको परिकल्पना कोविदशरण उपाध्यायले गरेका हुन् ।

अभियानका अध्यक्ष कोविदशरण उपाध्यायले बोक्सी विरुद्ध बनेको ऐेन २०७२ का प्रावधान, सजाय, क्षतिपूर्तिको व्यवस्थाबारे जानकारी गराएका थिए । बोक्सीको आरोप सम्बन्धि कसुरमा प्रकृति हेरेर ६ महिनादेखि ८ वर्षसम्म सजाय, १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । अंगभंग भएमा सजायमा थप १० प्रतिशत सजाय हुनेछ । पीडितलाई पीडकले मनासिव क्षतिपूर्ति दिने, सम्पूर्ण उपचार खर्च व्योहोर्नुपर्ने व्यवस्था ऐनमा छ । प्रतिष्ठानले बोक्सी कुप्रथा विरुद्धको सचेतनामुलक शिशामुलक राष्ट्रव्यापी अभियान चलाइरहेको छ । माडीको बगौडा, बसन्तपुरचोक, बरुवामा घुम्ती सिनेमा देखाइएको हो ।

काठमाडौं जादै गर्दा गजुरीमा महिलालाई कुटपिट भएको दृश्यदेखेपछि रेडियो नेपालका गीतकार कोविदशरणले २०७१ मा अभियान सुरु गरेका थिए । संस्थाले पीडित महिलालाई सम्मान, हौसला बढाउने, आत्मनिर्भर बनाउने, बोक्सी विरुद्धको भ्रम हटाउन डकुमेन्ट्री देखाउने, चेतनामूलक कार्यक्रम गर्दै आएको छ । माडी–३ का वडाध्यक्ष दण्डपाणि पौडेलले कुरिति, कुप्रथा हटाउनुपर्ने बताए । ‘बोक्सी मसान हुदैन’ उनले भने, ‘मनको डरले खान सक्छ, अब भ्रम फाल्नुपर्छ, सुरक्षित समाज बनाउनुपर्छ ।

महिला स्वायमसेविका गंगा सापकोटाले मनको डरले डिप्रेशन हुने गरेकाले मनोपरामर्श फैलाउनुपर्ने बताइन् । माडीमा २०६८ फागुन ५ मा बघौडास्थित आफ्नो घरमा गोवर फाल्दै गरेकी ४० वर्षीया ढेगनीदेवी महतोको बोक्सीकै आरोपमा हत्या भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>