चितवन विशेष
नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता
०

भरतपुर,भदौ १-
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका १६ शिवघाट स्थित नारायणी नदिमा आज (शुक्रवार) दिउँसो तीन बजे २० बर्षिय सिजन वि.क. पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शिवघाट घर भएका उनि साथिहरुसंग पौडी खेल्न नदीमा गएका थिए । वि.क.पौडी खेल्दा डुवेर वेपत्ता भएपछि साथिहरुले प्रहरीलाई खबर गरेका थिए ।
उनको विपद् व्यवस्थापन सहितको प्रहरी टोलीले खोजी गरिरहेको छ । नारायणी नदीमा प्रत्येक बर्ष पौडी खेल्ने क्रमममा डुबेर मानिसको मृत्यु हुने गर्दछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























