Breaking News
विकासमा राजनीति नगरौं: प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं,भदौ १-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् । प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिक उत्सव कार्यक्रममा उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुनुपर्ने बताए ।
उनले आउने पुस्तालाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने भन्दै भन्ने प्रश्न गरे । गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पुस्तालाई उज्यालो भविष्य दिन एकजुट हुनुपर्नेमा उनको जोड छ । सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुलो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























