मकवानपुर

आफैँले संवेदनशील अंग काटेपछि…

Banner

काठमाडौं,साउन ३२-

मकवानपुरमा आफ्नै संवेदनशील अंग (लिंग) काटेर एक व्यक्ति घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठामा ती व्यक्ति आफैँले संवेदनशील अंग काटेका थिए ।

घटना गए राति करिब १० बजेको हो । मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेर घाइते भएका प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार हुमागाइँ संवेदनशील अंग काटेर घाइते भएपश्चात् उपचारका लागि आफैँ गए राति करिब पौने १२ बजे हेटौँडा अस्पतालमा पुगेका थिए । थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार हुमागाइँले आफैँले संवेदनशील अंग काटेको बताएका छन् । कारण खुल्न बाँकी छ । उनको तत्कालीन अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>