बलिउड/हलिउड

सनी देओलको ‘गदर २’ २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

Banner

काठमाडौँ,साउन ३१-

सनी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ब्लकबस्टर ‘गदर: एक प्रेमकथा’को सिक्वेल हो । फिल्मलाई अनिल शर्माले निर्देशन गरेका छन् ।

सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । ४० करोडबाट खाता खोलेको फिल्मले दोस्रो दिन ४३.०८ करोड, तेस्रो दिन ५१.७ करोड र चौथो दिन ३८.७ करोड कमाइ गरेको छ । पाँचौ दिनको कमाइ ५५ करोड गरी कुल २२८ करोड भारु कमाइ गरेको छ ।

केही वर्षदेखि आफ्नो करिअरमा फ्लप फिल्मको शृंखला झेलिरहेकका सनी देओललाई ‘गदर २’ सञ्जीवनी बुटी नै बनेको बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् । ‘गदर २’ २०० करोड कमाउने सनीको पहिलो फिल्म समेत बनेको छ । अनिल शर्माले निर्देशन गरेको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>