Breaking News
चितवनका सिडिओ पौडेलको नुवाकोट सरुवा, चितवनमा भुपेन्द्र थापा आउने
०

चितवन, साउन ३०–
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलको सरुवा भएको छ ।
गृह मन्त्रालयले पौडेललाई नुवाकोटको सिडिओ बनाएको छ । पौडेल छोटो समयमै सरुवा भएका हुन् । पौडेलको सरुवा भएसंगै चितवनमा भुपेन्द्र थापा आउने भएका छन् । हाल उनी सप्तरीका सिडिओ हुन् ।
गृह मन्त्रालयले चितवनसंगै चार जिल्लाको सिडिओ सरुवा गरेको हो । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवनसंगै नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।
धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























