बलिउड/हलिउड

भारतीय गायिका शिल्पा रावको कन्सर्ट काठमाडौंमा हुने

Banner

काठमाडौं,साउन ३०-

भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् ।

रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुने शिल्पा पहिलोपटक नेपाल आउन लागेकी हुन् ।

उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे डिजिटल वालेटमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले जानकारी दिए । माई पे कार्यक्रमको टिकेटिङ पार्टनर समेत रहेको छ । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>