Breaking News

त्रिविको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको आरोपमा ६ जना पक्राउ

Banner

काठमाडौं, साउन ३०-

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको छ।

चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली​, कालिकानगर शाखाकी कल्पना खत्री र प्रतीक्षा रेग्मी पक्राउ परेका हुन्। यस्तै बुटवल शाखा​का खिमडा गौतम तथा दीपक विष्ट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार ६ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>