समाचार

एमाले र कांग्रेसले सदन कब्जा गरेः रवि लामिछाने

Banner

काठमाण्डौँ, साउन २९-

नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए ।

उनले सदन हाइज्याक भएको आरोप लगाए । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’

आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए । ‘संसदीय मूल्यमान्यता सिद्धान्तमा अडिग रहेर आएको हामी जस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>