अपराध

नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ

Banner

दाङ,साउन २५-

दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो । उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमले बताए ।

बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको गौतमले बताए । पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के।सी।लाई १० लाख चन्दा मागेका थिए ।

परियार र बिकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>