समाज

राति घरमा सुतिरहेको बेला सर्पले टोकेर बैतडीमा एक किशोरीको मृत्यु

Banner

कैलाली,साउन २४-

बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु भएको छ । जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विना भट्टले जानकारी दिइन् ।

‘राति घरमा सुतिरहेकै बेला सर्पले टोकेछ’ मृतककी आमालाई उद्धृत गर्ने उपाध्यक्ष भट्टले भनिन् ‘एक घटनाभित्रै उहाँको मृत्यु भयो ।’

चन्दलाई सर्पले टोकेपछि परिवारका सदस्य वैद्यलाई बोलाउन गएका थिए । त्यसलगत्तै उनको मृत्यु भएको उपाध्यक्ष भट्टले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेशमा पर्याप्त सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी धेरैको सर्पको टोकाइबाट मृत्यु हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>