समाज

प्रहरीले मदिरा सेवन गरेर मोटरसाइकल चेकजाँच गर्दै कागजात मागेर हैरान गरेपछि स्थानीय युवाद्धारा कुटपिट

Banner

धनगढी,साउन २४-

कञ्चनपुरमा घुमुवा प्रहरी कुटिएका छन्। सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले गठन गरेको आरआईटी समूहका एक सिपाही कुटिएका हुन्। सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेका हुन्।

उनलाई युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन्। साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात भएको बताइएको छ।

साउँद डीआईजी बोहराका नातेदारसमेत पर्ने बुझिएको छ। प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाँदेको आरोप खेपिरहेका डीआईजी बोहराले साउँदलाई बैतडीबाट ल्याएर आरआईटीमा राखेका थिए।

प्रदेश प्रहरीका प्रवक्ता प्रज्वल मर्हजनले घटनाको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए। कञ्चनपुर प्रहरीले समेत घटनाको विषयमा कुनै जानकारी नभएको बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>