Breaking News

प्रतिकूल मौसमका कारण भरतपुरमा हवाई उडान प्रभावित

Banner

चितवन, साउन २३-

प्रतिकूल मौसमका कारण मंगलबार भरतपुरमा हवाई उडान प्रभावित भएको छ ।

बिहानैदेखिको निरन्तर वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ नौँ उडान तालिका रहेको थियो । भरतपुरमा बिहान १० बजे दुई वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । सोहीकारण भरतपुरमा हवाई यात्रु अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>