समाज

अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्तविरुद्ध पक्राउ पूर्जी जारी

Banner

पोखरा, साउन २३-

सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै फोटो पत्रकार तथा कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

अहिले देशभर चलिरहेको पत्रकार शुद्धीकरणका विषयमा अभियान्ता पत्रकार गिरीले पर्वतका पत्रकारमाथि तिखो प्रहार गरेर लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको हो ।

पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए । पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए । साउन १ गतेदेखि साइबर अपराध पनि जिल्लालाई हेर्ने अधिकार भएको र पहिलो मुद्दा नै पत्रकारमाथि परेको न्यौपानेले बताए ।

न्यौपानेले पत्रकारबीचको विषय मिलाउन खाजिरहेको प्रयास असफल भएको पनि बताए । किटानी जाहेरी नै परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको र बाँकी कानुनी प्रक्रियाअनुसार हुने न्यौपानेको भनाइ छ ।

पर्वतका पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले गिरीविरुद्ध किटानी जाहेरी दिएका हुन् । गिरीले भने गलत प्रवृतिको विरोध गर्दै लेखेकै भरमा आफूमाथि षडयन्त्र गरिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>