Breaking News
गृहममन्त्रीले सुन तस्करीबारे उठेका सवालको जवाफ दिने भएपछि एमालेले बैठक चल्ने दिने
०

काठमाडौं,साउन २३-
नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।
बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए । उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए ।
गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने बताए । उनले सरकारले प्रतिपक्षलाई गलाउने नीति लिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























