Breaking News

काभ्रेमा पहिरोले पुरिएका एकैपरिवारका ६ मध्ये एकको मृत्यु

Banner

काभ्रे, साउन २३-

पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएकामध्ये एकको मृत्यु भएको छ।

जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभानस्थि बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो।

खानीखोला गाउँपालकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित् भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन्।

गाउँपालिका अध्यक्ष थिङले उद्धार कार्यमा खटिन स्थानीय लगायत त्यस आसपासमा रहेका सबैलाई आग्रह गरेका छन्। बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन्। त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हुन्। उनीहरु सबै एकै घरमा बस्दै आएका थिए।

वडा अध्यक्ष स्याङ्तानले आफुसहित ताल्ढुंगा प्रहरी चौकीको टोली घट्ना स्थलतर्फ गइरहेको र मकवानपुरको बागमती गाउँपालि भोर्लेनीमा रहेको प्रहरी टोली घट्ना स्थलमा पुगेर उद्धार कार्य काटिरहेको जानकारी दिए। दुई दिनदेखि परेको अविरल वर्षको कारण घरमाथिबाट पहिरोले घर पुरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>