खैरहनी

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन एमालेको माग

Banner

चितवन, साउन २२-

पूर्वि चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नारायणगढसम्म आउन दुईवटा सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढि हुँदा यात्रु मारमा परेको भन्दै एउटै सवारी साधन नारायणगढसम्म आउने व्यवस्था मिलाउन पूर्वि चितवनबाट नेतृत्व गर्दै आएका नेकपा एमालका नेताहरुले माग गरेका हुन् । उनीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

पूर्वी चितवनबाट नारायणगढ तर्फ आउने सवारीसाधनलाई भरतपुर बसपार्कमा नै रोकी यात्रु झादा नारायणगढसम्म आउने यात्रु समस्यामा परेको बताएका छन् । ‘नारायणगढसम्म अन्य सवारी साधनको प्रयोग गर्नुपरेकाले समय, साधन र खर्चका हिसाबले समेत अत्यन्त असुविधा हुने गरेको व्यापक गुनासो आएकाले पूर्वी चितवनबासीहरुले नारायणगढसम्म गर्ने यात्रालाई एउटै साधनमा पुग्ने व्यवस्था मिलाउन नपाल सरकारसंग जोडदार माग गर्दछौँ,’ज्ञापन पत्रमा भनिएको छ ।

यस्तै उनीहरुले जनताको दैनिक जिविकासंग जोडिएका विषय समेत सात वटा बुँदामा उठाएका छन् । बाग्मती प्रदेश सांसद जेएन थपलिया सहितका १० नेताहरुले हस्ताक्षर गरेको ज्ञापनपत्रको दोस्रो बुँदामा कृषिको विषयलाई प्राथमिकता दिएका छन् । उनीहरुले चितवनमा देखिएको मल, बिउ, कृषि सामग्रीको अभाव भएको भन्दै यस विषयमा आवश्यक पहल गर्न सरकारसंग माग गरेका छन् ।

उनीहरुले तेस्रो बुँदामा चितवनमा देखिएको डेंगी र आँखा पाक्ने रोग न्यूनिकरण गर्न सरकार सचेत हुनुपर्ने बताएका छन् । तर सरकार उदासिन भएको उनीहरुको आरोप छ । ‘चितवनमा डेंगी र आँखा पाक्ने रोग महामारीको रुपमा फैलिने खतरा रहेकाले जनताको स्वास्थ्यको जिम्मवारी लिएको सरकारले रोगप्रति उदासिन र आवश्यक सर्तकतामा कमी देखिएकाले जनतालाई सूसुचित गरी रोकथाम र उपचारको उचित र पर्याप्त व्यवस्था मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्दछौँ’–उनिहरुले ज्ञापन पत्रमा लेखेका छन् । सरकारी कार्यालय तथा सार्वजनिक संस्थानबाट हुने सेवालाई प्रभावकारी बनाउन माग गरेका छन् । सिँचाई अभावले पश्चिम चितवनका किसानले हालसम्म रोपाइँ गर्न नपाएको भन्दै खगेरी सिँचाई र नारायणी लिफ्ट सिँचाईलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनिएको छ । दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रण गर्न माग गरिएको छ । ‘अहिले दैनिक उपभोग्य खाद्यन्न दाल, चामल, तरकारी खाने तेल लगायतका वस्तुहरुको अत्याधिक मुल्य बृद्धि भई सामन्य जनताको चुलो बल्न नसक्ने स्थिती सिर्जना हुँदै गइरहेकोले महँगी र कालाबजारीलाई नियन्त्रण गर्न माग गर्दछौँ,’–ज्ञापन पत्रमा लेखिएको छ । भूमिहिन सुकुम्बासीलाई जग्गाधनि प्रमाणपुर्जा वितरण गर्न समेत उनीहरुले माग गरेका छन् ।

ज्ञापनपत्रमा नेकपा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश विपक्षी दलका नेता जे एन थपलिया, पूर्वमन्त्री दावा दोर्जे लामा, केन्द्रिय सदस्य प्रभा बराल, शिव कुमारी गोतामे, जिल्ला कमिटि चितवनका उपाध्यक्ष कमलराज पाठक, रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक, नेकपा एमाले राप्ती नगर कमिटिका कार्यवाहक अध्यक्ष श्याम सुन्दर उप्रेती, खैरहनीका अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, रत्नगर अध्यक्ष ईश्वरी अर्याल र खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतिले ज्ञापन पत्रमा सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>