Breaking News

आरजुविरूद्ध भ्रामक प्रचार गर्नेलाई ३ दिनभित्र कानूनी दायरामा ल्याउन तरूण दलको माग

Banner

काठमाडौं, साउन १९-

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले माग गरेको छ।

राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलले आज विज्ञप्तिमा निकाल्दै कानूनी दायरामा ल्याउन माग गरेको हो ।

‘राजनीतिक पूर्वाग्रह राखेर उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन तरूण दल सरकार र प्रहरी प्रशासनसँग माग गर्दछ,’ अध्यक्ष विद्वान गुरूङले निकालेको विज्ञप्तिमा भनिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>