चितवन विशेष
भरतपुर अस्पतालमा सर्पदंशका विरामी बढे, १९ दिनमै ८४ विरामी उपचारका लागि आए

भरतपुर,साउन १९-
भरतपुर अस्पतालमा सर्पदंशका विरामी बढेका छन् । यो आर्थिक बर्षको साउनदेखि हालसम्म ८४ जना सर्पदंशका विरामी अस्पतालमा उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३७ जना बिसालु सर्पले टोकेर अस्पताल भर्ना भएका थिए । त्यसमध्ये १७ जना आइसियूमा भर्ना भएको पौडेलले बताउनुभयो । अहिले ६ जना बिरामी अस्पतालमा उपचारत रहेका छन् । ती मध्ये २ जना आइसियूमा उपचाररत छन् ।
यहाँ नवलपरासी,तनहुँ, लम्जुङ, गोरखा लगायतका जिल्लादेखि विरामी उपचारका लागि आउने गरेको चिकित्सक डा.प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा दैनिक औषतमा १० जना सर्पदंशका विरामी आउने गरेका छन् । अघिल्लो बर्ष भन्दा यसबर्ष साउन महिनामा सर्पदंशका विरामी अस्पतालमा धेरै आएको डा.पौडेलले बताउनुभयो । उहाँले सर्पले टोकेको २४ घण्टा भित्रै उपचार गराउन सके निको हुने बताउनुभयो । सबै सर्प बिसालु नहुने भन्दै उहाँले सर्पले टोक्दैमा नआत्तिन र समयमै अस्पताल आउन सुझाब दिनुभयो ।
























