Breaking News

दोलखामा पहिरोले पुरिएर ३ जना बेपत्ता

Banner

दोलखा, साउन १९-

दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएको उनको भनाइ छ।

यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर विस्थापित भएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए। दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

फोटो फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>