खेलकुद

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ को खेल तालिका सार्वजनिक (टाइसिटसहित)

Banner

चितवन, साउन १८–

युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा हुन लागेको अन्तरमाध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिताको आज (बिहीबार) ड्र मार्फत समूह विभाजन गर्दै खेल तालिका सार्वजनिक गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूल र गैंडाकोटको अक्सफोर्ड कलेजबीच प्रतिस्पर्धा हुने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ३२ वटा माध्यमिक विद्यालय तथा कलेजको सहभागिता रहेको छ । प्रतियोगिता यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेल मैदानमा हुँदैछ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक मिराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । उनले ग्रासरुटमा खेलाडी उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बालबालिकाहरुको खेलप्रस्फुटनका लागि यो प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

ड्र कार्यक्रममा खेलसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चितवन जिल्ला फुटबल संघ (एन्फा)ले जिल्लामा खेलकुदको गतिविधिहरु बढाउँदै लगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>