मनोरञ्जन
अक्षय कुमारको फिल्म ‘ओ माइ गड २’ को ट्रेलर सार्वजनिक
०

काठमाडौं, साउन १८-
बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।
यसअघि फिल्ममा अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिने बताइएको थियो।