Breaking News
नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु
०

चितवन, साउन १८–
नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय महिलालाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार महिलाको बिहान ८ः३६ बजेको समयमा मृत्यु भएको हो । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हामफालेकी महिलाको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























