Breaking News
नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उद्धार, अवस्था अचेत
०

चितवन, साउन १८-
नारायणी पुलबाट नदीमा हामफालेकी महिलालाई प्रहरीले उद्धार गरेको छ ।
आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणीमा हामफालेकी अन्दाजी ४५ वर्षीय महिलाको उद्धार गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार महिलाको अचेत अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । महिलाको नामथर र ठेगाना खुलेको छैन । नदीमा महिलाले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली उद्धारमा खटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























